Logo

आफ्नै घरमा लगि किशोरी बलात्कार गर्ने युवक पक्राउ



कैलाली, ७ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot