Logo

अफगानिस्तानको खनिजमा शक्तिराष्ट्रको आँखा



एजेन्सी, ७ भदौ । अफगानिस्तान हरेक शताब्दीमा विदेशी हस्तक्षेपको शिकार हुने गरेको छ । १९औं शताब्दीमा बेलायती साम्राज्यले उपनिवेश बनाएको अफगानिस्तानमा २०औं शताब्दीमा सोभियत संघले हस्तक्षेप गरेको थियो । सोभियत सैनिक अफगानिस्तानमै प्रवेश गरेका थिए ।

२१औं शताब्दीमा अफगानिस्तानमा अमेरिका र नाटोका सैनिक बसे । तर, जो जो अफगानिस्तान पसे उनीहरु नै फसे । महाशक्तिहरुका सैनिकका लागि अफगानिस्तान चिहान नै बन्यो ।

आखिर अरबौं डलरको धन खर्च गरेर शक्तिशाली देशहरु किन अफगानिस्तानमा सैनिक हस्तक्षेपका लागि बढे ? त्यहाँ किन यति ठूलो मानवीय र भौतिक क्षति हुने जान्दा जान्दै जोखिम मोले । यसका पछाडि अफगानिस्तानको सामरिक महत्व कारण छ । मुख्य कारण त्यहाँ रहेको खनिज पनि हुन् ।

अफगानिस्तानमा रेयर अर्थ ठूलो परिमाणमा पाइन्छ । रेयर अर्थ प्राविधिक सरसामानमा प्रयोग हुन्छ ।

ब्याट्रीमा प्रयोग हुने लिथियमको पनि ठूलो भण्डार छ । अफगानिस्तानको सरकारले तयार पारेको तथ्यांकमा ३० खर्ब डलरभन्दा बढी मूल्यको खनिज भण्डार छ ।

अफगानिस्तान सुन, युरेनियम, तामा, तेल, फलाम, प्राकृतिक ग्याँस, लिथियम, क्रोमियम, शिला, जिन्क, जेमस्टोन्स, मार्बल, जिम्सम, सल्फर, टाल्क, ट्राभेरटिनलगायको खानी छन् ।

सन् २०१९ मा अफगानिस्तान सरकारले सार्वजनिक गरेको रिपोर्टमा ३ करोड टन तामाको भण्डारण रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्