Logo

भाजपाको प्राथमिकतामा उपेन्द्र र बाबुरामभन्दा महन्थ, चौथाइवालेले भेटे



काठमाडौं, ७ भदौ । राजनीतिक भेटघाटमा व्यस्त भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । चौथाइवालेले आज अपरान्ह ठाकुरसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, दलहरु विभाजनले पर्ने प्रभावलगायतका विषयमा छलफल भएको बुझिएको छ । ठाकुरले जसपा विभाजनको कारण र असरबारे पनि कुराकानी गरेको बुझिएको छ ।

यसअघि चौथाइवालेले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटेपछि चौथाइवालेले ठाकुरसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

जसपाबाट फुटेको लोसपाका अध्यक्ष ठाकुरसँग भेटेका चौथाइवालेले उपेन्द्र यादव र बाबुराम भट्टराईलाई महत्व नदिएको चर्चा छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दु धर्मको अपमान गरेको भन्दै चौथाइवालेले ट्वीटरमा कडा टिप्पणी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्