Logo

नेशनल प्याब्सन नागर्जुनले मोति जयन्तीको अवसरमा भदौ ११ र १२ गते ‘कविता लेखन तथा वाचन कार्यशाला’ गर्ने



काठमाडौं, ७ भदौ । नेशनल प्याब्सनले मोति जयन्तीको अवसरमा दुई दिने कविता लेखन तथा वाचन आयोजना गर्ने भएको छ । नेशनल प्याब्सन काठमाडौंको आयोजना तथा नेसनल प्याब्सन नागार्जुनको समन्वयमा काठमाडौं जिल्लाब्यापी १ सय विद्यालयका ३ सय विद्यार्थीहरुबीच भर्चुअल माध्यमबाट नवौं कविता लेखन तथा वाचन कार्यक्रम हुने भएको हो ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सनले कविता लेखन तथा वाचनबारे जानकारी दिएको हो । नेशनल प्याब्सन नागर्जुनका अध्यक्ष शिबराम गिरीले प्रतियोगिताका लागि आवश्यक सम्पुर्ण तयारी भइरहेकोे जानकारी दिए । उनले कारोना प्रकोपको असहज अवस्थालाई ख्याल गर्दै यस्तो विषम् परिस्थितिमा विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने लक्ष्य अनुरुप भर्चुअल माध्यमबाटै कार्यशाला गोष्ठि गर्न लागेको बताए ।

अध्यक्ष गिरीले नेशनल प्याब्सनको सदस्य विद्यायल वा अन्य विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुबाट प्रत्येक विद्यालबाट कम्तीमा एक छात्रा रहने गरी बढीमा ३ जना सहभागी हुन पाउने जानकारी दिए । उनले भने यस प्रकारको कार्यक्रम पहिलो पटक गर्न गइरहेका छौ ।

कार्यक्रममा नेशनल प्याब्सन संस्थापक तथा पुर्व केन्द्रिय अध्यक्ष गीता राणाले यसपटक प्रशिक्षकबाट दुई दिन ‘कसरी कविता लेख्ने ? र वाचन गर्ने ?’ भन्ने सिप सिकाई विद्यार्थी आफैँले कविता लेखी वाचन समेत गर्ने गराइने गरी दुई दिने कार्यशाला संचालन हुने उनले जानकारी दिइन् । उनले विद्यार्थीेले लेखेका कविता वाचन समेत गराई उत्कृष्ट कविताहरुको संगालोको रुपमा कविता संग्रह प्रकाशित गर्ने जानकारी दिइन् ।

नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष खडक बस्नेतले कार्यशाला गोष्ठिमा प्रमुख प्रशिक्षकको रुपमा सहजीकरणका लागि समेत नेपाल प्रज्ञा–प्रतिष्ठनानका प्राज्ञ परिषद्, सदस्य डा.देवी नेपाल गर्ने बताउदैै कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले गर्ने जानकारी दिए ।

उनले विद्यार्थीहरुमा साहित्यिक अभिरुचि जगाई नेपाली साहित्यको क्षितिजलाई प्रबद्र्धन र फराकिलो पार्दै सबल राष्ट्र निर्माणमा युवा विद्यार्थीलाई सामेल गराउने बताए ।
कार्यक्रम सञ्चालन गर्दै नेशनल प्याब्सनका सचिव चन्द बहादुर क्षेत्रीले उत्कृष्ट १० सृजना र वाचनलाई पुरस्कृत समेत गरिने बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्