Logo

प्रचण्डलाई भाजपा नेता चौथाइवालेले भेटे



काठमाडौं, ७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटेका छन् । उनी खुमलटारस्थित दाहाल निवास पुगेर प्रचण्डलाई भेटेका हुन् ।

भेटमा दुई पक्षीय सम्बन्धबारे कुराकानी भएको बुझिएको छ । चौथाइवालेले ट्वीटर पेजमा विभिन्न विषयमा खुल्ला छलफल भएको बताएका छन् । दुई देशबीच निरन्तर संवाद जारी राख्ने सहमति भएको उल्लेख गरेका छन् ।

भेटमा प्रचण्डकी छोरी गङ्गा दाहाल पनि सहभागी थिइन् । यसअघि चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्