Logo

चन्द्रागिरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन्ः गोकुल बाँस्कोटा



काठमाडौं, ७ भदौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधरलाई हाडिघोप्टे भनेका छन् । उनले व्यङ्ग्य गर्दै माधव नेपालले आफूलाई निम्तो नगरेको समेत टिप्पणी गरेका छन् ।

आज ट्वीट गर्दै माधव नेपाल बाक्लो दाल खान चन्द्रागिरीमा लुक्न पुगेको टिप्पणी गरेका छन् । उनले लेखेका छन्ः मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन।कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने?भो आफु त गहतकै झोल खाईन्छ।किड्नीलाई राम्रो गर्छ रे।



प्रतिक्रिया दिनुहोस्