Logo

सोम पाण्डेको खुलासा : माधव नेपालको नयाँ पार्टीको विधान भीम रावलले तयार पारेको हो (भिडिओसहित)



काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का नेता सोमप्रसाद पाण्डेले माधव नेपाललाई पार्टी फुटाउन उक्साउने काम उपाध्यक्ष डा. भीम रावलले गरेको खुलासा गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले माधव नेपालले निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको प्रस्तावित पार्टी नेकपा (एकीकृत समाजवादी) को विधान भीम रावलले नै तयार पारेको पनि खुलासा गरे । उनले भने,”सम्भवतः समाजवादी पार्टीको विधान भीम रावललगायत स्थायी कमिटी सदस्यहरुले तयार पार्नुभएको थियो । अनि माधव नेपाल अघि बढ्नुभएको थियो । आज किन छोड्नुभयो ? मलाई थाहा छैन् । हिजो म भीम रावलको घरमा गएर पार्टी विभाजन गर्ने काममा नलाग्नुहोस है भनेको थिएँ । नयाँ पार्टी दर्ता गर्नको लागि विधान तयार पार्ने कुरामा तपाईँको सहयोग हुनुहुन्न भनेर मैले भनेको थिएँ । माधव नेपालसँग जतिबेला पनि भीम रावलले पार्टी विभाजनको लागि कुरा गर्नुभएको थियो । आज किन छोड्नुभयो ? मैले बुझेको छैन् । तर, साँच्चिकै यो राजनीतिक अपराध हो ।”



प्रतिक्रिया दिनुहोस्