Logo

वेस्ट ह्यामसँग लेस्टरको लज्जास्पद हार



काठमाडौं, ८ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडसँग लेस्टर सिटीले लज्जास्पद हार ब्यहोरेको छ । सोमबार राति भएको खेलमा १० खेलाडीमा सिमित लेस्टर वेस्ट ह्याम युनाईटेडसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।

लेस्टरका युरी टेलीमन्सले एक गोल फर्काए । खेलको २६ औं मिनेटमा पाब्लोले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा आयोजे परेजले रातो कार्ड पाएपछि लेस्टर सिटी १० खेलाडीमा समेटियो ।

५६ औं मिनेटमा बेन्रह्माले गोल गर्दै लेस्टरको अग्रता २–० को बनाए । खेलको ६९ औं मिनेटमा युरीले गोल गर्दै लेस्टरलाई २–१ को स्थितिमा ल्याए ।८० औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई ४–१ को जित दिलाए । वेस्ट ह्यामको यो लगातार दोस्रो जित हो । यस जितसँगै वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिएको छ ।
वेस्ट ह्यामले २ खेलमा ६ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्