Logo

इटालियन सिरी ए फुटबलमा एसी मिलानको विजयी सुरुवात



काठमाडौं, ८ भदौ । इटालियन सिरी ए फुटबलमा एसी मिलानले विजयी सुरुवात गरेको छ । सोमबार राति साम्पडोरियालाई १–० गोल अन्तरले पराजित गर्दै मिलानले सिजनको सुखद सुरुवात गरेको हो ।

खेलको ९ वौँ मिनेटमा डियाजले गोल गरेका थिए । जुन गोल मिलानको जितमा निर्णायक बन्यो । यस जितसँगै मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्