Logo

कलंकीबाट रत्नपार्क आउँदै गरेको माईक्रोको ब्रेक फेल हुँदा सात जना घाईते



काठमाडौं, भदौ ८ । कालिमाटीस्थित रवि भवन नजिक निलो माइक्रो दुर्घटना हुँदा सात जना यात्रु घाईते भएका छन् ।

कलंकीबाट रत्नपार्क आउँदै गरेको बा १ ज ६४०३ नम्बरको निलो माइक्रोको ब्रेक फेल हुँदा दुर्घटना भएको कालिमाटी प्रहरीले जनाएको छ ।। दुर्घटना परेका सातै जना यात्रुको अवस्था सामान्य रहेकोसमेत प्रहरीले जनाएको छ ।

ब्रेक फेल भइको माईक्रो पार्किङ गरी राखिएको दुई वटा मोटरसाइकलमा ठोकिएको थियो । माईक्रोको ठक्करबाट मोटरसाईकलमा क्षति पुगेको छ।



प्रतिक्रिया दिनुहोस्