Logo

ला–लिगामा गेटाफेलाई हराउदै सेभिल्या शीर्ष स्थानमा उक्लियो



काठमाडौं, ८ भदौ । स्पेनिस ला–लिगा फुटबलमा सेभिल्याले लगातार दोस्रो जित निकालेको छ ।सोमबार राति गेटाफेलाई १–० गोल अन्तरले पराजित गर्दै सेभिल्याले लगातार दोस्रो जित निकालेको हो ।

सेभिल्यालाई जित दिलाउन एरिक लामेलाले इन्जुरी समयमा निर्णायक गोल गरे । लामेलाले लगातार दोस्रो खेलमा गोल गरेका हुन् । यस जितसँगै दुई खेलमा ६ अंक जोड्दै सेभिल्या लिगको शीर्ष स्थानमा उक्लिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्