डिप्रोक्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा


काठमाडौं, ८ भदौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि मंगलवारदेखि ३५ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले शेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर भदौ २८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी आजदेखि लिलामीमा ल्याएको जनाएको छ ।

प्रतिशेयर मुल्य प्रतिकित्ता ६ सय ८५ रुपैयाँ तोकिएको हुनाले शेयर खरिदका लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

संस्थाले भदौ २८ गते ४ बजे विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको पुतलिसडक, काठमाडौंमा खोलिने कार्यक्रम रहेको जनाएको छ ।