Logo

कति वर्ष लागिन् दिपाश्री निरौला



काठमाडौं, ८ भदौ । नेपाली फिल्मको पछिल्लो समयकी सफल निर्देशक तथा कलाकार हुन् दिपाश्री निरौला । उनले निर्देशन गरेका ३ फिल्मको कमाईले नयाँ रकर्ड राखिसकेको छ । उनी पुरुष निर्देशक भन्दा कुनै कुरामा कमी देखिएकी छैनन् । उनले चलचित्र क्षेत्रमा अलग पहिचान बनाएकी छिन् । उनका सबै फिल्मले नयाँ रेकर्ड कायम राखेका छन् ।

दीपाश्री हिजो (सोमबार) देखि ४६औं वर्षमा प्रवेश गरेकी छिन् । उनी २०३२ सालमा विराटनगरमा जन्मिएकी हुन् । रेडियो नाटकबाट उनले आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् । रेडियो हँदै टेलिभिजनमा प्रवेश गरेकी दीपाको जोडी दीपकराज गिरीसँग जमेको छ । उनीहरुको जोडीलाई नेपाल टेलिभिजनबाट प्रशारित भएको हास्य कार्यक्रम तितो सत्यमा निकै मन पराएका थिए ।

दीपाले ‘तितो सत्य’ भन्दा अगाडी गाउँले, चादनी, संगिनी जस्ता राम्रा फिल्ममा अभिनय गरीसकेकी थिइन् । ३० वर्षदेखि सँगै काम गर्दै आएका दीपकराज गिरीले दीपालाई संसारकै माथि भन्दै जन्मदिनको शुभकामना दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्