Logo

केपी ओली हाँस्यकलाकारहरुका सौता हुन् : जितु नेपाल (भिडिओसहित)



काठमाडौं, ८ भदौ । हाँस्य कलाकार जितु नेपालले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हाँस्य कलाकारहरुका सौता भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग गाईजात्राको अबसरमा बोल्दै उनले यस्तो भनेका हुन । उनले भनेका छन्,“उँहाले हाँस्यकलाकारले भन्दा बढि हसाएर कलाकारहरुलाई छायाँमा पार्नुभएको छ ।’’

साथै, उनले केपी ओलीमा कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण भएको पनि उल्लेख गरे । त्यस्तै, उनले नेताहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै आक्रोश पोखेका छन् । कलाकारहरुले सरकारको अनुरोधको सम्मान गर्दै गाईजात्रामा कार्यक्रम नगरेको तर नेताहरुले नै स्वास्थ्य मापदण्डको पालना नगरेको भन्दै आक्रोश पोखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्