Logo

सुटिङको क्रममा घाइते भएका अभिषेक बच्चनको अस्पतालमा उपचार हुँदै



एजेन्सी, ८ भदौ । बलिउड अभिनेता अभिषेक बच्चन मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन् । गए राती अमिताभ बच्चन र श्वेता बच्चन उनलाई भेट्न अस्पताल पुगेका थिए । अभिषेक फिल्म सुटिङको क्रममा हात फ्याक्चर भएपछि अस्पताल भर्ना भएका हुन् ।

सार्वजजिक भएको एक तस्वीरमा अभिषेकले दाहिने हातमा ब्यान्डेज बाधेका छन् । अभिषेक बच्चन पत्नी एश्वर्या राय र छोरी आराध्यालाई पुर्याउन एयरपोर्ट पुगेका थिए । एश्वर्या ओरछा रवानामा ‘मणिरत्नम’ फिल्मको सुटिङमा व्यस्त छिन् ।

पछिल्लो समाचार अनुसार अभिषेक अस्पताल भर्ना भएपछि उनका पत्नी एश्वर्या र छोरी मुम्बई फर्किएका थिए । वास्तवमा अभिषेक बच्चन चेन्नईमा फिल्म सुटिङको क्रममा घाइते भएका थिए । उनका दाहिने हातका औलाहरु भाचिएका छन् । उनी हाल पनि अस्पतालमा डाक्टरको निगरानीमा छन् ।

अभिषेकले २०१९ मा तमिल थ्रिलर फिल्म ‘ओत्था सेरुप्पु साइज ७’ मा हिन्दी रिमेक फिल्मको मुख्य भुमिका निभाउदै छन् । अभिषेकको यस फिल्मको सुटिङ पनि चेन्नईबाट सुरु भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्