Logo

इन्डियन आइडल १२ को विजेता पवनदीपलाई अरुणिताले दिइन् ७० लाखको गाडी उपहार



एजेन्सी, ८ भदौ । इन्डियन आइडल १२ का विजेता पवनदीप राजन यो साताभर चर्चामा छन् । इन्डियन आइडल १२ का विजेता भएसँगै पवनदीपले २५ लाख रुपैयाँ र एक कार प्राप्त गरेका थिए । उनलाई फेरी अरुणिता कांजीलालले आदी क्युसेभेन (कार) उपहार दिएकी छिन् । यसको मुल्य ७० लाख देखि ८० लाख रुपैयाँ पर्छ ।

त्यस्तै, इन्डियन आइडल १२ मा सहभागीहरुले उनलाई उपहार दिइरहेका छन् । सायली कांबलेले पवनदीपलाई ७२ हजार रुपैयाँको एक सुनको चेन दिएकी छिन् । यसैगरी, मोहम्मद दानिसले पवनदीपलाई १४ लाख रुपैयाँको गितार उपहार दिएका थिए । अंजली गायकपाडले पनि पवनदीपलाई ४ लाख रुपैयाँको प्लेटिनम ब्रेसलेट दिएकी हुन् । त्यस्तै, पवनदीपलाई आशीश कुलकर्णीले ३५ हजार रुपैयाँ बराबरको जुत्ता दिएका थिए र शन्मुखप्रियाले सवा लाख रुपैयाँको सुट दिएका थिए ।

यो पवनदीपको लागी सबै प्रतियोगीहरुको माया हो । उनी विजेता बनेपछि सबैले खुशी भएर उपहार दिएका हुन् । पवनदीपले सबैलाई आफ्नो परिवारको रूपमा व्यवहार गर्छन् र सबैसंग एक यात्रा गर्ने योजना बनाइरहेका छन् ।

पवनदीप र अरुणिताको निकटताको खबर लगातार बाहिर आइरहेका छन् । यद्यपि उनीहरुले भने साथीको रूपमा वर्णन गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्