Logo

अफगानिस्तानको संकटबारे छलफल गर्न जी–सेभेनको बैठक बस्दै



एजेन्सी, ८ भदौ । अफगानिस्तानको संकटबारे छलफल गर्न आज जी–सेभेनको बैठक बस्न लागेको छ । तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ रहेका विदेशीलाई उद्दारमा कठिनाइ भैरहँदा समस्याको समाधान गर्न जी–सेभेनको बैठक बस्न लागेको बताइएको छ ।

भर्चुअल बैठकमा बेलायतले होस्ट गर्नेछ जसमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि सहभागि हुने जनाइएको छ । अमेरिकाले अफगानिस्तान छाड्ने समयसीमा अगस्त ३१ रहेको छ तर, तालिवानले काबुल विमानस्थल कब्जा गरेकाले विदेशीको उद्दारमा कठिनाइ भैरहेको बताइएको छ ।

अमेरिकाले अहिलेसम्म काबुलबाट ४८ हजारले उद्दार गरिसकेको छ । तर, अझैपनि अफगानिस्तानमा ५८ सय सैनिक रहेको बताइएको छ । देश छाड्न चाहनेको भीड अहिले पनि काबुल विमानस्थलबाहिर उत्तिकै रहेको छ ।

उता तालिवानले यसअघिनै आफ्ना नागरिकलाई तत्काल उद्धार गर्न अमेरिकालाई चेतावनी दिइसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्