Logo

उद्धारका लागि काबुल गएको युक्रेनी विमान अपहरणमा पर्यो



एजन्सी, ८ भदौ । अफगानिस्तानबाट आफ्ना नागरिको उद्धार कार्यमा रहेको युक्रेनी विमान अपहरण भएको छ । युक्रेनका उप–विदेशमन्त्री यभगेनी येनिन्ले मंलगबार उक्त विषयको जानकारी दिएका हुन् । उद्धार गर्न काबुल विमानस्थल पुगेको विमान केही मानिसहरुको समूहले विमानलाई अपहरण गरी इरानतर्फ लगेको बुझिएको छ ।

उप–विदेशमन्त्रीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘गत आइतबार हाम्रो उद्धाररत विमान केही मानिसको समूहद्धारा हाईज्याक भएको छ । मंगलबारबाट उक्त विमान हाम्रो सम्पर्क बाहिर छ । केही मानिसको समूहले विमानलाई इरानतर्फ लगेको छ । हाम्रो तीनवटा उद्धार कार्यमा बाकी रहेको छ ।’ अ

पहरणकारीहरुले हतियारसमेत बोकेका थिए भने विमान भित्रको विषयलाई उप–विदेशमन्त्रीले खुलेर बोलेको छैनन्। विमानमा उद्धारको क्रममा ८३ जना युक्रेनी नागरिक रहेको जनाइएको छ । तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गरेपछि त्यहाँ रहेको विदेशी नागिरिकहरुको धमाधम उद्धार कार्य जारी छ । तालिवानले तोकेको मितिमा आफ्ना नागरिकहरु उद्धार गरी सक्नु पर्ने बताएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्