Logo

मानसिक रोगबाट बच्न के गर्ने



एजेन्सी, ८ भदौ । मानसिक रोग मानिसको मानसिक स्थितिमा निर्भर हुन्छ । मानिसको मनोदशा, सोच र व्यवहारलाई यसले प्रभावित पार्न सक्छ । जस्तो डिप्रेशन वा चिन्ता ।

केही मानिसहरुलाई समय–समयमा मानसिक समस्या हुन्छ । तर, मानसिक रोग लागेमा यसका लक्षणले तनाव दिने हुनाले क्षमतालाई नै प्रभाव पार्न सक्छ । मानसिक बिरामीले तपाईलाई धेरै दुखी बनाउछ र दैनिक जीवनमा समस्या उत्पन्न गराउछ । विद्यालय वा नाता पर्ने व्यक्तिमा यस्ता समस्या देखिएमा आफैले समस्या झेल्नुपर्छ । कयौ प्रकारका मानसिक बिरामीको लक्षण, औषधि र थेरापीको प्रबन्ध गराउन पनि गाह्रो हुन्छ ।

लक्षणहरुः मानसिक रोगको लक्षण परिस्थिति र अन्य कारक तत्वको आधारमा हुनसक्छ । मानसिक बिरामीको लक्षणले भावना, विचार र व्यवहारलाई प्रभावित पार्न सक्छ ।

  • उदास महसुस गर्नु
  • ब्याकुल हुनु वा ध्यान केन्द्रित गर्ने क्षमतामा कमी हुनु
  • अत्यधिक डर, चिन्ता वा अपराधको भावना आउनु
  • मनोदशामा अत्यधिक परिवर्तन
  • साथीहरु वा अत्य गतिविधिबाट टाढा हुनु
  • थकान, कम उर्जा वा सुत्नमा समस्या
  • वास्तविकताबाट अगल हटेको भ्रम हुनु, पागलपन
  • दैनिक हुने समस्याको समाधान गर्न नसक्न्ु
  • अल्कोहल वा नशालु औषधीको सेवन
  • कामेच्छा सम्बन्धि परिवर्तन
  • अत्यधिक क्रोध वा हिंसक व्यवहार
  • आत्मघाती सोच

 

मानसिक रोगबाट कसरी बच्न सकिन्छ ?
मानसिक रोगलाई रोक्न सक्ने कुनै निश्चित तरीका छ्रैन् । यदि मानसिक रोग भएमा तनावलाई नियन्त्रित गरेर आत्मसम्मानलाई बढाउन सकिन्छ ।

  • चेतावनी प्रति ध्यान दिनेः यदि आफ्नो शरीरमा कुनै पनि लक्षण देखिएमा त्यसलाई ध्यान दिने र चिकित्सकको सम्पर्कमा जाने । संकेतको बारेमा परिवार र साथीलाई पनि बताउने ।
    नियमित चिकित्सकको निगरानीमा बस्नेः स्वास्थ्य चिकित्सकको सम्पर्कमा जाने । आफुलाई जब सम्म ठिक हुँदैन तबसम्म जाने ।
  • सहायता प्राप्त गर्नेः मानसिक स्वास्थ्यको स्थितिको उपचार गर्नु निकै कठिन हुन्छ । यसको उपचार लक्षण देखिएसम्म गरीरहनुपर्छ । दिर्घकालिन उपचारबाट मात्र यो रोगको लक्षणलाई रोक्न सकिन्छ ।
  • आफैले आफ्नो ध्यान राख्नुपर्छः पर्याप्त निन्द्रा, पौष्टिक आहार र नियमित व्यायाम महत्वपुर्ण हुन्छ । आफ्नो दैनिकीलाई सकेसम्म एक नियम बनाएर राख्ने कोशिश गर्ने । डाक्टरको सल्लाह अनुसरण गर्दा पनि समस्या भएमा तपाईको आहार र व्यायाम नै कारण हुनसक्छन् ।

 



प्रतिक्रिया दिनुहोस्