Logo

बुबालाई कुटपिट गरी हत्या गर्ने २५ वर्षीया छोरा पक्राउ



रोल्पा, ८ भदौ । आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै बुबा ६० बर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका ४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको खबर प्राप्त हुनासाथ अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्