Logo

नेप्सेमा ५६ अंकको पहिरो, १६ अर्बको कारोबार



काठमाडौं, ८ भदौ । दुई दिन सरकारी बिदाको कारण बन्द भएको नेप्सेमा आज १६ अर्बको कारोबार भएको छ । शेयर बजारमा आज ५६ दशमलव ३ अंकले घटेर ३१ सय २४ दशमलव ८७ विन्दुमा थामिएको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ८१ अंकले घटेर ५ सय ७७ दशमलव ६६ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुुसार आज २ सय २५ कम्पनीको १ लाख ५६ लाख ९ सय १३ पटक कारोबार भएर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ बराबरको २ करोड ५३ लाख १६ हजार ८ सय ५ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम