Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, ८ भदौ । आज २ सय २५ कम्पनीको १ लाख ५६ लाख ९ सय १३ पटक कारोबार भएर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ बराबरको २ करोड ५३ लाख १६ हजार ८ सय ५ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार उच्च भएको छ । कम्पनीको आज ७५ करोड ४३ लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, अरुण काबेली हाइड्रोपावरको ७१ करोड ९१ लाख बढीको शेयर कारोबार भएको छ । यसैगरी, नेशनल हाइड्रोपावरको आज ५८ करोड ५३ लाख बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्