Logo

रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल



सोल, ८ भदौ: रुस र दक्षिण कोरियाली आणविक दूतका बीचमा कोरियाली प्रायद्वीपका विषयमा छलफल भएको बताइएको छ ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुुसार दुई देशका आणविका दूतका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो गतिविधि र अवस्थाका बारेमा कुराकानी भएको हो ।

कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली विशेष दूत नो क्यु डुकले रुसी उप विदेशमन्त्री बीच मंगलबार कुराकानी भएको हो । रुसी उप विदेशमन्त्री इगोर मोरगुलोभ छ दिनको भ्रमणका लागि हिजो दक्षिण कोरिया पुगेका छन्। उनी कोरियाली प्रायद्वीपका लागि रुसी विशेष दूत छन् ।

उनीहरुका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो अवस्थाका साथै सो क्षेत्रमा अपनाउनुपर्ने निशस्त्रीकरणका बारेमा पनि आवश्यक छलफल भएको कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्