Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ट्यापट्याप सेन्ड युकेवीच रेमिट्यान्स कारोबार सुरु



काठमाडौं, ८ भदौ ।  युकेको ख्यातिप्राप्त  Taptap Send  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । UK मा रहेका नेपालीहरुले  Taptap Send को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिनेछ र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ । साथै हरेक कारोबारमा लाभार्र्थीहरुलाई SMS द्वारा जानकारी पनि गराईन्छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Taptap Send का तर्फबाट निर्देशक Michael Fayeले हस्ताक्षर गरेका हुन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्