Logo

कक्षा १२ को परीक्षा होम सेन्टरमै गराउन निर्देशन



काठमाडौं, ८ भदौ । कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

समितिको आजको बैठकले खोपको व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्ड पालन गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई परीक्षा गराउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कक्षा १२ को परीक्षा कोभिड–१९ को कारण पटक–पटक स्थगित हुँदै आएको छ । हाल कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot