Logo

सभामुख सापकोटाको दाँतको शल्यक्रिया



काठमाडौँ, ८ भदौ: सभामुख अग्निप्रसाद सापकोटाको आज दाँतको सामान्य शल्यक्रिया गरिएको छ । बिहान वीर अस्पतालको दन्त विभागमा उहाँको ‘माइनर ओरल सर्जरी’ गरी दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।

सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार अस्पतालको दन्त विभाग प्रमुख डा शैली प्रधान, डा किशोर भण्डारीलगायत टोलीले जाँच पश्चात् शल्यक्रिया गरेको थियो । दाँतमा समस्या आएपछि एक महिनाअघि शल्यक्रियाका लागि उनले समय लिएका थिए । उपचार प्रक्रिया जारी रहेकाले अहिले निवासमै आराम गरिरहनुभएका सभामुख सापकोटाले चिकित्सक टोलीलाई धन्यवाद दिएको बताइएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्