Logo

ओलीले ‘पहिलो मुख्यमन्त्री बनेकोमा शाक्यलाई बधाई दिँदै’ सुरु गरे स्थायी कमिटी बैठक (फोटोफिचर)



काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकको अध्यक्षता गर्दै अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती सम्बोधन गरेका हुन् । बैठकमा सहभागी एक नेताकाअनुसार अध्यक्ष ओलीले नेपालको पहिलो महिला मुख्यमन्त्री बनेको भन्दै अष्टलक्ष्मी शाक्यलाई बधाई दिएका थिए ।

बैठकमा सहभागी सबै नेताहरुले पनि शाक्यलाई बधाई दिएका थिए । आजको बैठकमा लामो समय माधव नेपाल समूहमा रहेका नेताहरुपनि सहभागी छन् । उनीहरु दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओली सकारात्मक भएको भन्दै आजको बैठकमा सहभागी भएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot