Logo

जेलबाटै २ अर्ब जर्बजस्ती उठाउने कैदी, अभिनेत्रीको साथ



एजेन्सी, ८ भदौ । कैद सजाय भोगिरहेको व्यक्तिले आपराधिक कार्य गर्न सक्ला । त्यसमा पनि २ अर्ब जर्बजस्ती उठाउन सक्ला । तर, त्यस्तै घटना भारतमा भएको छ । यो तालिम नाडुको घटना हो जहाँबाट एक कैदीले २ अर्ब भारतीय रुपैयाँ जर्बजस्ती उठाएका छन् । घटनामा नाम चलेका व्यक्तिहरु समेत मुछिएका छन् ।

यो प्रकरणमा तिहार जेलमा रहेको सुकेश चन्द्रशेखरकी सहकर्मी लीना मारिया पाँललाई छानविन निकायले सोधपुछ गरिरहेको छ । उनी अभिनेत्री हुन् । चर्चित वेब सिरिज मद्रास क्याफेमा समेत भुमिका निर्वाह गरेकी छिन् ।

विगतमा पनि उनलाई सुकेश चन्द्रशेखरको सहकर्मी भन्दै प्रहरीले सोधपुछका लागि बोलाइरहेको थियो । सुकेश चन्द्रशेखरले जेलमै बसी २ अर्ब जर्बजस्ती असुली गरेको आरोपमा अनुसन्धान चलिरहेको छ । यो प्रकरणमा उनको सहकर्मीलाई सोघपुछ गरिएको हो ।

चन्द्रशेखर आफूलाई सरकारी निकायको कर्मचारी भन्दै उद्योगपतिहरुसित जर्बजस्ती पैसा उठाउने कार्य गरिरहेका थिए । उनले जेलभित्रैबाट उद्योगपतिकी श्रीमतीसित पैसा उठाउन खोज्दा उनको सहकर्मी लीनालाई अनुसन्धान निकायले सोधपुछ गरिरहेको टाइम्स अफ इन्डियाले लेखेको छ । दिल्ली प्रहरी र ईडीले सोधपुछ सुरु गरेको जनाइएको छ ।

उनका दुई सहकर्मीलाई प्रहरीले हिरासतमा लिइसकेका छन् । दिल्ली प्रहरीका अनुसार रोहिनी जेलमा हुँदा उनले उद्योगपतिलाई पैसा मागेका थिए । ईडीले हालैमा उनको चेन्नाई स्थित रहेको बंग्लोबाट १६ वटा हाईफाई कार, ८२ लाख भारतीय रुपैयाँ र दुई केजी सुन जफ्थ गरिसकेको टाइम्स अफ इन्डियामा उल्लेख गरिएको छ । लीनालाई क्नारा बैँक बाट १९ करोड घोटाला गरेको आरोपमा सुकेशको साथमा प्रहरीले सन् २०१३ मै गिरफ्तार गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्