Logo

कलेजहरुलाई अतिरिक्त शुल्क नलिन संसदीय समितिको निर्देशन



काठमाडौं, ८ भदौ । इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई शुल्क नलिन निर्देशन दिएको हो ।

आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेजको शुल्कको सम्बन्धमा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको बुझिएको छ । कलेजहरुले स्वागत, विदाई, भ्रमण तथा खेलकुद जस्ता क्रियाकलापमा अतिरिक्त शुल्क लिदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्