Logo

अफगानिस्तान मामलाबारे मोदी पुटिनबीच कुराकानी



एजेन्सी, ८ भदौ । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसित अफगानिस्तान मामलाबारे कुराकानी गरका छन् । मंगलबार कुराकानी गरेको विषयलाई सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले जानकारी गराएका हुन् ।

उनले ट्विटमा लेखेका छन्,‘अफगानिस्तानको अहिलेको अवस्थाबारे मेरो साथी रुसी राष्ट्रपति पुटिनसित कुराकानी भयो । कोरोना मामलाबारे पनि हामीले कुराकानी गरेका छौँ । अफगानिस्तानस्थित रहेको कन्सोलेटलाई तत्काल बन्द राख्ने निर्णय गरेका छौँ ।’ अफगानिस्तान मामलाबारे पुटिनसित कुराकानी गर्नु भन्दा अगावै जर्मनीकी चान्सलर एन्जेला मोर्कलसँग पनि कुराकानी गरको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्