Logo

एमाले कमिटी २ जेठ २०७५ को अवस्थामा, मंसिरमा महाधिवेशन गर्ने निर्णय



काठमाडौं, ८ भदौ । नेकपा एमाले स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । कार्यान्वयनका क्रममा आउनसक्ने समस्या समाधानका लागि कमिटी समेत गठन गरेको छ ।

कमिटिमा भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार २ जेठ २०७५ को पार्टी कमिटी क्रियाशील बनाउने निर्णय भएको छ । त्यसका लागि आजैबाट आव्हान समेत गरेका छन् ।

एमालेको विधान महाधिवेशन असोजमा गर्ने र १० देखि १२ मंसिरमा महाधिवेशन गर्ने निर्णय समेत भएको ज्ञवालीले जानकारी दिए । २ जेठ २०७५ सम्मको पार्टी सदस्यता रहने र त्यसपछि सदस्यता लिएकाहरुलाई नवीकरण गरेर असोज मसान्तभित्र पूरा गर्ने निर्णय गरिएको बताए ।

नेकपा एमालेमा भीम रावलसहितका नेताहरुसँग सोमबार सहमति गरेर आज स्थायी कमिटी बैठकबाट त्यसको कार्यान्वयन भएको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्