Logo

सभामुख होइन युद्धकालीन माओवादी भन्नुपर्योः एमाले प्रवक्ता ज्ञवाली



काठमाडौं, ८ भदौ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले संसदीय अभ्यासको बर्खिलाप क्रियाकलाप गरेको आरोप लगाएका छन् । उनले सभामुखमाथि पूर्वाग्रहपूर्ण गतिविधि गरेको आरोप समेत लगाए ।

के देशमा दुईवटा कानुन हो ? ज्ञवालीले नेकपा एमाले स्थायी कमिटी बैठकपछि पत्रकार सम्मेलनमा सभामुख सापकोटाको नाम लिएर प्रश्न गरे, कि सभामुख होइन युद्धकालीन माओवादी भन्नुपर्यो ।

सभामुखले कानुन नचिन्ने क्रियाकलाप गरेको आरोप समेत लगाए । विगतमा टोपबहादुर रायमाझी, लेखराज भट्टको सांसद सदस्य रिक्त गर्दा र अहिलेको व्यवस्था फरक गरेको आरोप लगाए ।

१४ जना एमाले सांसदको पद रिक्त गर्न संसद सचिवालयमा दर्ता हुँदा समेत सभामुख सापकोटोल निर्णय नदिएपछि एमाले नेताहरु आक्रोशित भएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्