Logo

एमाले बैठकमा फर्किएपछि भीम रावलको पहिलो अन्तर्वार्ता : केपी ओलीसँग सम्झौता गरेको होईन, एमाले विभाजन गर्न मैले उकासेको होईन (भिडिओसहित)



काठमाडौं, ८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफू एकताको पक्षधर नेता नभएकोले आफूले माधव नेपाललाई धोका दिएको भनेर गरिएको टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

उनले आफूले माधव नेपाललाई धोका दिएको भनेर गरिएको चर्चामा कुनै सत्यता नभएको जिकिर गरे । उनले माधव नेपालले निर्वाचन आयोगमा दल दर्ताको लागि दिएको नेकपा (एकीकृत समाजवादी) को विधान आफूले नलेखेको पनि स्पष्ट पारे ।

उनले आफूले एमाले विभाजन गर्नको लागि माधव नेपाललाई नउकासेको पनि जिकिर गरे । उनले माधव नेपालहरु आ आफ्नो स्वार्थमा लागेको पनि आरोप लगाए । उनले दल विभाजन गर्नु गम्भीर गलत भएको भन्दै यसमा आफ्नो कुनै सहमति नभएको जिकिर गरे । उनले आफूले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता नगरेको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्