Logo

माधव नेपाल समूह रत्नपार्कबाट हिडेरै निर्वाचन आयोग जाने



काठमाडौं, भदौ ९ । गत सोमबारदेखि चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निर्वाचन आयोगका लागि त्यहाँबाट हिडेका छन् ।

अहिले केहिबेरमा रत्नपार्कस्थित शान्तिबाटिकामा भेला भई त्यहाँबाट सांसद, केन्द्रीय सदस्य तथा कार्यकर्तासहित निर्वाचन आयोग जाने तयारी रहेको छ । आयोगले सनाखतका लागि बिहान आज दिउँसो २ बजेसम्मको समय दिएको छ।

सोमबारदेखि नै चन्द्रागिरिमा रहेका नेपाल आयोगले भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न भनेपछि सनाखत गरेर पार्टी दर्ताको प्रमाण पत्र लिन निर्वाचन आयोग आउन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्