Logo

प्रदीप नेपाल पनि सनाखतको लागि पुगे निर्वाचन आयोग



कााठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा दर्ता गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुलाई आयोगले सनाखतको लागि बोलाएको छ । माधव नेपालसहित नेताहरु आयोगको कार्यालय पुगिसकेका छन् ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसदहरु भने सोमबार र मंगलबार दुई दिनसमम चन्द्रागिरी रिसोर्टमा बसेका थिए । उनीहरु रिसोर्टबाट सिधै टुरिष्ट बस चढेर आयोगको कार्यालय आएका हुन् ।

नेपाल नेतृत्वको पार्टीमा प्रदीप नेपालले पनि सनाखत गरेका छन् । उनी अस्वस्थताको बावजुदपनि विद्यार्थी नेता सुदेश पराजुलीको साहरा लिँदै सनाखतको लागि आयोगको कार्यालय पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्