Logo

माधव नेपालहरु टुरिष्ट बस चढेर पुगे निर्वाचन आयोग



काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि सनाखत गर्न बोलाएपछि माधव नेपालसहितका नेताहरु निर्वाचन आयोगको कार्यालय पुगिसकेका छन् । सोमबार र मंगलबार दुई दिनसम्म चन्द्रागिरी रिसोर्टमा बसेका नेताहरु उताबाट सिधै आयोगको कार्यालय आएका हुन् ।

उनीहरु टुरिष्ट बस चढेर आयोगको कार्यालय पुगेका थिए । नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताको लागि आयोगमा निवेदन दिईएको छ । आयोगले दल दर्ताको मान्यता दिनको लागि आज सनाखतको लागि नेताहरुलाई बोलाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्