Logo

‘विश्व संस्कृत दिवस’को अवसरमा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना



काठमाडौं, ९ भदौ । श्रावण पूर्णिमाको शुभ दिन “विश्व संस्कृत दिवस“ को अवसरमा ‘संस्कृतः पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरिएको छ । वेदको भाषा संस्कृत को महत्वलाई प्रकाशमा ल्याउनको लागि गरिएको अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले गरेका हुन् ।

विद्यमान कोभिड –१९ को परिस्थितिमा यो सेमिनारलाई भौतिक तथा भर्चुअल मोडमा आयोजना गरिएको हो । समारोहमा वाङ्गमय शताब्दी पुरुष र नेपालका महान् विद्वान् श्रीसत्य मोहन जोशी, पद्मश्री पुरस्कार विजेता श्री चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत कार्यक्रमको लागी शुभकामना व्यक्त गरेका थिए ।

सेमिनारमा नेपालका १५ संस्कृत विद्वानहरूले आफ्नो शोध पत्र प्रस्तुत गरेका थिए । भारत र विदेशका ३० भन्दा बढि विद्वान्हरूले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण, आयुर्वेद, ज्योतिष, र योग लगायत विभिन्न बिषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित थुप्रै संस्कृत विद्वान् हरूले सेमिनारमा आ–आफ्नो विचार आदान प्रदान गरेका थिए ।

उक्त सेमिनारमा नेपाल, भारत लगायत अन्य मुलुक का ४५ विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । फेसबूक लाईभको माध्यमबाट पनि हजारौंले यो सेमिनारमा आफ्नो उपस्थिती जनाएको दुतावासले जनाएको छ ।

सेमिनारको उद्घाटन सत्रमा भारतीय राजदूत क्वात्रा, शताब्दी पुरुष सत्यमोहन जोशी, चमू कृष्ण शास्त्री तथा प्रा. भीम प्रसाद खतिवडाबाट सामुहिक रूपमा “संस्कृतम् भारत–नेपालयोः संपत्तिः– भाग द्द“ शीर्षक महत्वपुर्ण पुस्तकको विमोचन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्