Logo

कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिकबीच सम्झौता



काठमाडौं, ९ भदौ । कुमारी बैंक लिमिटेडले जावलाखेल,ललितपुरस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंकले ल्याबरोटोरीसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गदा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्