Logo

माधव नेपाल छाडेका १० जनाको ६ गुट



काठमाडौं, ९ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेर नेकपा एमालेमै रहेका १० जना प्रभावशाली नेताहरुको नवौं महाधिवेशनमा निर्वाचित पद यथावत् रहेको छ । उनीहरु त्यही सुनिश्चिततापछि एमालेमै रहन तयार भए ।

माधव नेपाललाई नेता मानेर एउटै गुटमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण बिष्ट, अमृतकुमार बोहरा र रघुजी पन्त अब ओलीसँगै एमालेमा रहेका छन् । उनीहरुको फरक समूह देखिएको छ । तर, यो समूहमा नेता को भन्ने चासो बढेको छ ।

एमाले भित्र ओलीइतरको समूहका १० जना हस्तीहरुका ६ फरक गुट छन् । जसमा भीम रावलको आफ्नै समूह छ । उनको साथमा केही सांसद र केन्द्रीय सदस्य पनि छन् ।

सुरेन्द्र पाण्डे र भीम आचार्यको फरक गुट छ । यो समूहमा पनि केही केन्द्रीय सदस्यहरु छन् । योगेश भट्टराई र घनश्याम भुसालको पनि फरक गुट छ । यो गुटमा पनि केही सांसद र केन्द्रीय सदस्य छन् ।

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र अमृतकुमार बोहराको पनि फरक गुट छ । गोकर्ण बिष्टको पनि फरक गुट छ । उनको साथमा युवाहरु बढी छन् । रघुजी पन्तको आफ्नै गुट छ । उनी विगतमा माधव नेपालका विश्वासपात्र मानिन्थे । अब उनले कसलाई नेता मानेर बढ्ने हुन् चासो बनेको छ ।

१० जना नेताको ६ गुट कसरी मिल्लान् ? उनीहरु ओली समूहमै विलय हुने हुन् या फरक समूहका रुपमा कसैलाई नेता मानेर जाने हुन् ? यो समूहमा भीम रावल सबैभन्दा बलिया देखिन्छन् । उनी नै अब ओली इतर समूहको नेता बन्ने सम्भावना रहेको छ । रावलले यही रणनीतिका साथ पछिल्लो तयारीहरु गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot