Logo

७० कटेका खाट्टी एमालेको माधव नेपाललाई साथ



काठमाडौं, ९ भदौ । नेकपा एमाले विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई प्रायः पाका कम्युनिस्ट नेताहरुको साथ देखिएको छ । लामो समय एमालेमा बिताएका र ७० कटेकाहरु धेरैजसो माधव नेपालको पक्षमा छन् ।

माधव नेपालको साथमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वउपप्रधानमन्त्री बामदेव गौतमको पनि साथ छ । दुवै नेता ७० कटिसकेका छन् ।

पाका कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारीले पनि माधव नेपाललाई साथ दिएका छन् । ८४ वर्षका अधिकारीले खुलेरै नेपाल पक्षमा बोलेका छन् ।

एमालेमा रहेर ७० कटेपछि राजनीतिबाट सन्यास लिएका मोदनाथ प्रश्रित पनि माधव नेपालप्रति सकारात्मक छन् । उनका छोरा डा. विजय पौडेलले माधव नेपाललाई साथ दिएका छन् ।

एमालेको तल्लो इकाईमा काम गरेकाहरुमा पनि पाका नेताहरु माधव नेपालको पक्षमा उभिएका छन् । खाट्टी एमाले भनिएका पाकाहरु अहिले माधव नेपाललाई साथ दिने पक्षमा देखिएका छन् । तर, युवाहरुको माधव नेपाललाई केपी शर्मा ओलीको तुलनामा कम साथ देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्