Logo

गृहमन्त्री खाणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतीबारे जानकारी लिए



काठमाडौं, ९ भदौ । गृहमन्त्री बालकृष्ण खाणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतीबारे जानकारी लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतीबारे जानकारी लिएका हुन् ।

मन्त्री खाणले विमानस्थलको उद्घाटन कहिलेसम्म गर्न सकिन्छ र के–के काम सकियो र के के गर्न बाँकी छ भनेर सोधेका थिए । जवाफमा सचिव कोइराला र महानिर्देशक पोखरेलले क्यालिवेशन फ्लाइटका लागि भारतलाई आग्रह गरिएको र उनीहरूको टोली आएर त्यो काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्था हुने जानकारी गराएका हुन् । अन्य आवश्यक पर्ने भवन र भौतिक संरचना तयार भएका र फिनिसीङ गर्ने काम भइरहेको उनीहरूले मन्त्री खाणलाई जानकारी गराए ।

त्यस्तै भैरहवमा अन्तर्राष्ट्रिय उडान सुरु भए्पछि आन्तरिक उडान प्रेसर पर्छ कि पर्दैन भनेर मन्त्री खाणले चासो राखेका थिए । महानिर्देशक पोखरेलले काठमाडौँमा जति यरिया रहेको र कुनै असर नगर्ने जानकारी गराएका थिए । मन्त्री खाणलाई उहाँहरूले विमानस्थल निर्माणका क्रममा भएका प्रगती, देखिएका समस्या र अन्तर्राष्ट्यि उडान र अवतरणमा देखिने समस्या र रातजनीतिक तहबाट समाधान गर्नु पर्ने विषयबारे जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्