Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



बर्दिया, ९ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका १ बस्ने २९ वर्षीय सिताराम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित हरियाली सामुदायिक बनमा थारूले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्