Logo

घेराबन्दीमा तालिवान



विपिन देवः महाभारतमा एउटा रोचक वर्णन छ । गान्धारीले आफ्ना सहोदर दाजु सकुनी (गनधारका राजा) लाई श्राप दिदै भनेकी थिइन्–गनधारमा (हाल अफगानिस्तान) कहिले पनि अमन र चयन हुने छैन । मिथकलाई आधार मान्ने हो भने अफगानिस्तान जहिले पनि गृहयुद्धको दलदलमा फसेको देखिन्छ । अफगास्तिानको अवस्थलाई मध्यनजर गर्दै जी सेभेनका राष्ट्रहरूले अगस्त २४ का दिन विद्युतिय माध्यमवाट छलफल गरेका छन् । उक्त छलफलमा तालिवानीहरूले मानविय मुल्य मान्यतालाई मानमर्दन गरेकोमा आपत्ति प्रकट गर्दै आउने दिनमा अफगानिस्तान माथि आर्थिक नाकावन्दी गर्ने समेत चेतावनी दिएका छन् । अर्को तर्फ वाइडेनले तालिवानीहरू आफ्नो र्हकत वढाएमा अमेरिकी सेनाले फेरी शक्ति प्रयोग गर्ने समेत धम्कि दिएका छन् ।

वाइडेनले रुस र चीनको भुमिकालाई समेत प्रश्नको घेरामा ल्याएको देखिन्छ । अर्थात् रुस र चीनको नीतिले नै गर्दा तालिवानीहरूको आत्मवल बढेको अमेरिकी राष्ट्रपतिको आरोप रहेको देखिन्छ । हुनतः अफागानीस्तानको र्दीघकालिन समस्या समाधानका लागि अमेरिकी सेकरेट्री अप‘m स्टेट विलकेन रुसी र चीनिया परराष्ट्रमन्त्रीहरू सम्वाद गरिरहेको अवस्था छ । साथ(साथै व्रिक्सको अध्यक्षता गरिरहेको भारतले समेत अफगानिस्तानको समस्या प्रति व्यापक सामरिक नीति निर्धारण गर्न आप्mना राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको नेतृत्वमा व्रिक्स सम्वद्ध राष्ट्रहरूको सुरक्षा सल्लाककारहरूको वैठक गरिरहेको अवस्था छ । तालिवानको पाश्विक प्रकृतीको पराकम्पनबाट विश्वका शक्ति केन्द्रहरू समेत आक्रान्त रहेको अवस्था छ । रुसको कस्यप क्षेत्र, चीनको सिनज्याङ्ग प्रान्त, भारतको काश्मिर र इरानको अवस्थामा पनि तालिवानी गतिविधले नाकारात्मक प्रभाव पार्न सक्ने विश्लेषकहरूको बुझाई रहेको देखिन्छ ।

तालिवानीहरू कुण्डली केलाउँदा १८ औं सताब्दीमा साउदी अरेबियामा आहोवी समुहको गठन भएको थियो । सुन्नी समुदायको कटरपन्थीबाट सुरु भएको यो समुह प्रमुख उद्देश्य नै सरियत कानुनलाई लागु गर्नु थियो । अर्थात् सरियत अनुसार नै राज्य सञ्चालन गर्नु पर्ने र खलिफाको आदेशमा नै सबै संयन्त्रहरू व्यवस्थापन हुनुपर्ने यसको ध्येय रहेको छ । सुन्नीले सियालाई निषेध गर्दछ । सरियत कानुन अनुसार मानव अधिकार, महिला अधिकार लगायत मानवीय पक्ष र सम्वेदनाको प्रत्याभूतिको कुनै ठाउ‘ हुदैन । आहोवी समुहको गर्भबाट नै अफगानिस्तानमा तालिवानीहरूको जन्म भयो जसको मलजल, पालन पोषण गर्ने काम अमेरिका र पाकिस्तानको सहकार्य र सक्रियतामा भयो । सोभियत रुसको प्रभावलाई न्यूनिकरण र निर्मुल गर्न तालिवानी र अलकाइदाको प्रचुर मात्रामा उपयोग गरियो । कालान्तरमा अलकाइदाले आप्mनो पाशिवक रुप देखाउदै सेभेन एलेगनको घटना घटित गर्यो । अमेरिकासंग अर्को विकल्प थिएन । नाटोको सहयोगमा अमेरिकाले आप्mनो सैनिक अड्डा अफगानिस्तानमा जमाए । प्रधान शत्रु अलकाइदालाई सखाप पार्न केहि हदसम्म सफल भए । आप्mनो २० वर्षको वसाईमा अमेरिकाले सामजिक र आर्थिक रुपान्तरण गर्न यथेष्ट सपलता प्राप्त नगरेको होइन ।

प्रजातान्त्रिक कित्तामा रहेको मुलुकहरूलाई अफगानिस्तानमा लगानी गर्न र विभिन्न किसिमका मानविय समाज कल्याणको योजनाहरू सञ्चालन गर्न अमेरिकाले प्रमुख भुमिका खेलेको कुरा त्यति चर्चामा आएको देखिदैन । विगत २० वर्षमा अफगानिस्तानको सामाजीक र आर्थिक क्षेत्रमा व्यापक प्रगति भएको कुरा विश्व वैठको प्रतिवेदनले सार्वजनिक गरेको देखिन्छ । तदनुरुप २००० देखि २०१८ को विचमा औषत आयु ५६ वाट ६५ प्रतिशत वृद्धि, प्राथमिक शिक्षामा २१ प्रतिशतवाट १०० प्रतिशतमा वृद्धि, महिला शिक्षामा १७ प्रतिशत देखि ३० प्रतिशत वृद्धि, विजुलीमा २२ प्रतिशतदेखि ९९ प्रतिशतमा वृद्धि भएको देखिन्छ । औषत आम्दानीमा झण्डै दुई गुणा वृद्धि भएको देखिन्छ । खुला समाज, मानव अघिकार, महिला सहभागिता र अंग्रेजी माध्यमको शिक्षा तालिवानीहरूलाई पाच्य भएको छैन । समाजलाई मध्यमकालिन युगमा लग्ने जर्मको कसेको तालिवानीहरूले हिंसालाई आप्mनो शक्तिको श्रोत मानेका छन् ।

जी सेभेन र व्रिक्स राष्ट्रहरूको साझा प्रयत्नले तालिवानीहरू माथि कस्तो प्रभाव होला भन्ने आफैमा एउटा यक्ष प्रश्न हो । खास‘ गरेर ३ लाख अफगानी सेनालाई ७५००० लडाकाहरूले घुडा टेकाउन सक्नु आपैmमा एउटा ठुलो प्रश्न हुन् । आखिर तालिवानीहरूलाई हातहतियार र नैतिक सर्मथन दिने देश आपैmमा आत्मघाती नीति लिएको देखिन्छ । यस सन्र्दभमा पाकिस्तानका प्रधानमन्त्रीको अभिव्यक्रि प्रश्नको घेरामा छ । तालिवानीहरूको सफलतालाई इमरान खानले मानव मुक्तिको संज्ञा दिएका छन् । नाउदरन एलायन्सको आर्कमणवाट ३०० तालिवानीहरूको हत्यालाई पनि पाकिस्तानका विदेश मन्त्रालयले निन्दा गरेका छन् । भनाईको अर्थ तालिवानीहरूलाई सहयोग गर्नको लागु पाकिस्तान आतुर देखिएको छ । तर पाकिस्तानको सत्ता र शासक आत्मघाती राजनीतिमा महारथ प्राप्त गरेका छन् । सन् १९७१ के युद्ध गरेर आफ्नो आधि भुभाग गुमाएर आत्मघाती रणनीतिको पारीतोषक विश्व कूटनीतिमा पाकिस्तानले पेश गरेका छन् । अर्को शब्दमा भन्ने हो भने तालिवानीहरू वलियो हुन गएको खण्डमा पाकिस्तानमा सुन्नी बाहुल्य समाज निर्माण र सरियत कानुनको अक्षरश पाल्नको वातावरण निर्माण हुनेछ । अर्थात् पाकिस्तानका राजनीतिक दलहरूको प्रस्तावना पूर्ण रुपमा खारेज हुनेछ । आंशिक रुपमा पाकिस्तानले आधुनिकीकरणको स्वाद चालिसकेो छ । समाजको प्रत्येक अंगमा महिला सहभागिता समेत देखिएको छ । तालिवानको दवदवा र वर्चश्व बढ्न वित्तिकै पाकिस्तानमा विदेशी लगानी लगायत विभिन्न विकास निर्माण कार्यमा पुर्णविराम लाग्न सक्ने अवस्था हुन सक्छ । साथ साथै भारतले पनि तालिवानी प्रभाववाट वच्न गुरुयोजनाका साथ अगाडि बढ्नु पर्दछ ।

भारतले आधुनिकीकरण र विकासको गतिलाई चुस्त र दुरुस्त बनाउ‘दै कटरपन्थी शक्रिलाई निस्तेज गर्नु पर्दछ । भारतका राजनीतिक दलहरूले केहि खास वर्गलाई तुष्टिकरण गर्ने चुनावी रणनीतिलाई परित्याग गर्दै ठोस राष्ट्रिय नीति साथ अगाडि बढ्नु पर्दछ । वैद कानुनलाई समाप्त पार्दै कानुनी राज्यको प्रत्याभुतिको लागि राज्यका सम्पूर्ण संयन्त्रलाई यथोचित सक्रिय गराउनु पर्दछ । तालिवानीको सक्रियतामा बँगलादेश र नेपालमा समेत चलखेल हुन सक्ने सम्भावनालाई नर्कान सकिदैन । कन्धारमा इण्डियन एयर ल्यानस अपहरण हुनु एक प्रतिनिधि उदाहरण हुन् । यस अर्थमा नेपाले हरेक मर्दशाको शिक्षकहरूको अभिलेखकरण, वोर्डरको गतिविधि र लागु पदार्थको सञ्चालमा सुरक्षा संयन्त्रलाई चनाखो बनाउनु पर्दछ । कट्टरपन्थी र लडाकाहरूको प्रवेशले देख खण्डहरमा स्पान्तरण हुन सक्ने अवस्था अफगानिस्तानले उदाहरण प्रस्तुत गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्