Logo

प्रचण्डका नातिको धार्मिक आस्था



काठमाडौं, ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालका दुई छोरा छन् । प्रकाशका दुई पत्नीतर्फका दुई छोरामध्ये प्रणव दाहाल कान्छा हुन् ।

पूर्वमन्त्री विना मगरका छोरा प्रणव धर्ममा समेत आस्था राख्छन् । आज विना मगरले प्रणव दाहाललाई स्वयम्भुनाथ घुमाउन लगिन् । त्यहाँ उनले माग्न बसेकाहरुलाई नमस्कार फर्काए ।

स्वम्भुनाथमा प्रणवले दर्शन गरे । त्यहाँका स्तुप र मन्दिरहरुको दर्शन गर्दै हात जोडे । त्यसको तस्बिर विनाले फेसबुक पेजमा राखेकी छिन् ।

विना स्वयं घुमफिर गर्न रुचाउँछिन् । उनी प्रायः आफै सवारी चलाएर यात्रा गरिरहन्छिन् । छोराहरुलाई साथमा लिएर घुमिरहन्छिन् । उनले राजनीति र परिवारको हेरचाहलाई मिलाएर व्यवस्थापन गरेकी छिन् ।

तस्बिरः विना मगरको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्