Logo

प्रधानमन्त्री देउवाको अध्यक्षतामा राष्ट्रिय पूननिर्माण प्राधिकरण निर्देशक समितिको बैठक



काठमाडौं, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा राष्ट्रिय पूननिर्माण प्राधिकरण निर्देशक समितिको २० औं बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (बुधबार) बसेको बैठकले पुनर्निर्माणका बाँकी कामलाई हस्तान्तरण प्रक्रिया अनुशार अगाडी बढाउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले बिपद ब्यवस्थापन सम्बन्धि पुनर्निर्माणका कामलाइ राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्रधिकरणबाट समन्वय तथा ब्यवस्थापन गरेर जाने र विद्यालय तथा बिश्वविद्यालय सम्बन्धि पुनर्निर्माणका कामहरु शिक्षा मन्त्रालयले ब्यवस्थापन गर्ने पनि निर्णय गरेको छ । स्वास्थ्यसम्बन्धी तथा निजि आवाससम्बन्धी पुनर्निर्माणका कामहरुलाइ शहरी बिकास मन्त्रालयले ब्यवस्थापन गर्ने लगायतका निर्णय भएको प्राधिकरणका सिईओ सुशील ज्ञवालीले जानकारी गराए ।

उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल, विपक्षीदलको प्रतिनिधि नेता राम बहादुर थापा, मुख्यसचिव शंकरदास बैरागी, राष्ट्रिय पूननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, निर्देशक समितिका सदस्यहरू राष्ट्रिय पूननिर्माण प्राधिकरणका किशोर थापा, डा.तारानिधि भट्टराई, डा. निमानन्द रिजाल, गृहसचिव टेक नारायण पाण्डे, अर्थसचिव मधुकुमार मरासिनी, पर्यटन सचिव यादवप्रसाद कोईरालालगायत २५÷३० जनाको उपस्थिति रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्