Logo

नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले पाए प्रमाणपत्र



भदौ ९, काठमाण्डौ । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । आयोगले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई १६६ नम्बरमा र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई १६७ नम्बरमा दर्ता गरेको छ ।

प्रमाणपत्र बुझेपछि सो पार्टीका नेता राजेन्द्र पाण्डेले अब शसक्त रुपमा अघि बढ्ने बताए । सानो दलमा खुम्चिए पनि आफूहरुको बिचार बलियो भएको बताए । दल दर्ता भएपछि अध्यक्ष माधवकुमार नेपालले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

दल दर्ताको प्रमाणपत्र पाएपछि नेता केशब झाले अब नयाँ ढंगले अघि बढ्ने बताए ।

बुधबार नेकपा (एमाले)बाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा सनाखत भएको थियो । उक्त सनाखत अध्ययनपछि आयोगले नयाँ दलका रुपमा दर्ता गर्ने निर्णय गरेको हो ।

आयोगले दुवै दललाई आजै प्रमाणपत्र दिएको छ । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्