Logo

माधव नेपालको दलको दर्ता नम्बर १६६



काठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । आयोग कार्यालयका सचिव सुरेश अधिकारीले नेपाल नेतृत्वको दललाई आज प्रमाणपत्र दिएको हो ।

एमाले विभाजन गरेर नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल गठन गरेका हुन् । आयोगले दलको मान्यता दिएसँगै अब नेकपा (एकीकृत समाजवादी) पार्टी पनि सरकारमा सहभागी हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्