Logo

भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालाले अन्तिममा माधव नेपाललाई भेटे



काठमाडौं, ९ भदौ । नेपालको भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालाले नवगठित दल नेकपा (एकीृकत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । चौथाईवाले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपालको बसाईको क्रममा अन्तिम भेटवार्ता अध्यक्ष नेपालसँग गरेको जनाएका छन ।

नेपाल-भारत द्धिपक्षीय सम्बन्ध बलियो बनाउनको लागि सार्थक छलफल भएको पनि उनले जनाएका छन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्वमन्त्री वर्षमान पुन, नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेललगायतसँग भेटवाता गरेका थिए । तर, उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने भेटवार्ता नगरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्