Logo

यसै हप्ता मन्त्रिमण्डल विस्तार, को को बन्लान् मन्त्री



काठमाडौं, १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले गठबन्धन दलका नेताहरुसँग मन्त्रिमण्डल विस्तारबारे परामर्श सुरु गरिसकेका छन् ।

देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरी भोलिभित्रै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । मन्त्रिमण्डलमा माओवादी र नेकपा एसले ६६, जसपाले ४ मन्त्रालय पाउने सहमति भएको छ । बाँकी मन्त्रालय नेपाली काँग्रेसले लिनेछ ।

माओवादीबाट २ जना मन्त्री भइसकेका छन् । नेपाली काँग्रेसबाट २ मन्त्री र १ राज्यमन्त्री भएका छन् ।

काँग्रेसबाट सुजाता कोइराला, डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, तेजुनारायण चौधरी, डा. डिला संग्रौला, उमाकान्त चौधरी, दिलेन्द्रप्रसाद बडु मन्त्रीका सम्भावित हुन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, मातृका यादव, देव गुरुङ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल मन्त्रीको दौडमा छन् ।

नेकपा (एस) बाट विरोध खतिवडा, मेटमणि चौधरी, प्रेमबहादुर आले, कृष्णलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, धनबहादुर बुढा, हिराचन्द्र केसी मन्त्रीको दौडमा छन् । नेकपा एसले उपसभामुख पाउने भएको छ ।

जसपाबाट उपेन्द्र यादव नै सरकारको नेतृत्व गरेर जाने प्रयासमा छन् । उनी नगए राजेन्द्र श्रेष्ठ या महेन्द्र राय यादवको नेतृत्वमा सरकारमा जाने सम्भावना छ । उपेन्द्रले आफूलाई साथ दिदै आएकाहरुलाई प्राथमिकतामा राख्ने भएका छन् ।

जसपाबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी फोरम भने सरकारमा सहभागी नहुने भएको छ । देउवाले लोसपालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot