Logo

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै



काठमाडौं, १० भदौ । नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् । आजै एमाले संसदीय दलको बैठक बसी भीम आचार्यलाई चयन गरिने भएपछि मुख्यमन्त्री बन्ने भएका हुन् ।

आचार्यलाई संसदीय दलको नेता बनाउन मुख्यमन्त्री शेरधन राईले प्रस्ताव गर्ने भएका छन् । त्यसपछि उनलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई निवेदन दिइनेछ । एमालेको प्रदेश १ मा अहिलेसम्म बहुमत छ ।

नेकपा एमाले विभाजन भएपछि प्रदेश १ मा स्थिति परिवर्तन भएको छ । त्यस अगावै आचार्यलाई मुख्यमन्त्री बनाएर सरकार बचाउन खोजिएको छ ।

विगतमा माधवकुमार नेपालको पक्षधर आचार्य एमालेमै रहने निर्णयमा पुगेका छन् । उनको यो निर्णयपछि मुख्यमन्त्री दिइएको बुझिएको छ ।

यसअघि बागमती प्रदेशमा पनि माधव नेपालको साथ छाडेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्